
काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा हिजो सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको जानकारी दिनुभएको हो । त्यसैगरी बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजनका बारेमा छलफल भएको थियो ।
पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको सचिवालय बैठकमा पदाधिकारीहरुको वरियता क्रम, संविधान संशोधनका विषय, पार्टी कार्यालय भवन निर्माणलगायतका प्रस्ताव पेस गरिएको थियो । बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेसको जानकारीदिँदै नेता भट्टले अर्को बैठक यही जेठ ८ गते शुक्रबार बस्ने बताउनुभएको छ ।