काठमाडौं, ५ जेठ । आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारीरहनेछ । सो प्रस्तावमा हिजोदेखि शुरु भएको छलफलमा सदस्यहरुको बोल्नेक्रम आगामी बैठकमा पनि जारीरहने सभामुख डोलप्रसाद अर्यालले अवगत गराउनुभएको हो ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, बैठकमा आगामी आर्थिक वर्ष ०८३÷०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलले निरन्तरता पाउनेछ । उक्त छलफलमा सांसदहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूचीसमेत तयगरिएको संसद् सचिवालयले जनाएको छ ।