
काठमाडौं,६ जेठ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी श्रीमती डा. आरजु देउवालाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ । उहाँहरुले आफ्नो विरुद्ध जारीभएको पक्राउ पूर्जी रोक्न अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा दायर रिटका बारेमा बहस भएपछि उक्त आदेश भएको हो । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइगर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मुद्धालाई प्राथमिकताका साथ अघिबढाउने आदेश दिएको हो ।
अदालतले अन्तरिम आदेश जारीगर्नु अघि दुवैपक्षलाई छलफलका लागि उपस्थित गराउन आदेश दिएको छ । सोहीअनुसार आगामी जेठ ११ गतेका लागि पेशी समेत तोकिएको छ । यससँगै सर्वोच्च अदालतले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्धामा हालसम्म भएका अनुसन्धानका सम्पूर्ण विवरण पनि झिकाउन आदेश दिएको छ ।