काठमाडौं,७ जेठ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १८ गते नयाँदिल्लीमा हुने बाघ, चितुवालगायतका वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय समूह बिग क्याट अलायन्सको सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुहुने सो अन्तरसरकारी अन्तर्राष्ट्रिय सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकर र वाणिज्यमन्त्री पियूष गोयलसँग साइडलाइन वार्तागर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्ध भएपछि नेपाल–भारत सम्बन्धमा देखिएको अनिश्चितता रहेको छ । सो सम्मेलन जेठ १९ र २० गते चल्नेछ । मन्त्रि खनाल जेठ २१ गते स्वदेश फर्कने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीसँग सम्मेलन स्थलमै खनालको संक्षिप्त कुराकानी हुनसक्ने कतिपयको भनाई छ । तथापि भारतीय पक्षले अझैपनि मिति र समय टुंगो लगाएको छ्रन ।