काठमाडौं,७ जेठ । नेपाल पत्रकार महासंघले निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय विरुद्ध आज जेठ ७ गतेबाट आन्दोलन थालेको छ । महासंघले आज जेठ ७ गते हस्ताक्षर अभियान सञ्चालनगर्ने,जेठ ११ गते सोमबार केन्द्रीय समितिले संसदका सभामुख राष्ट्रिय सभाका अध्यक्ष, संसदको विषयगत समितिका सभापतिलाई ज्ञापनपत्र बुझाउने, प्रदेश र शाखाहरुले इमेल वा हुलाकमार्फत ज्ञापनपत्र बुझाउने, जेठ १४ गते विहीबार देशका सबै पत्रपत्रिका, टेलिभिजन,रेडियो र अनलाइनसञ्चार माध्यममा सरकारी कदमको विरोधगर्दै सम्पादकीयको वा उपउक्त स्थानमा कालो राख्न महासंघका सबै संरचनाले पहलगर्ने पत्रकार महासंघले जनाएको छ ।

साताव्यापी कार्यक्रम पछि पनि सरकारले सुनुवाइ नगरेमा थप आन्दोलनको घोषणागर्ने महासंघको कार्यक्रम रहेको बताइएको छ ।