
काठमाडौं,७ जेठ । काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गणतन्त्रको रक्षाका लागि कार्यगत एकता हुने भएको छ । सहकार्य गर्ने विषयमा छलफल थालिएको छ । वर्तमान सरकारका गतिविधि संविधान र लोकतान्त्रिक मूल्यविपरीत भएकोभन्दै तीन दलका शीर्ष नेताहरुबीच औपचारिक तथा अनौपचारिक सम्वाद भइरहेको सूत्रहरुले जनाएका छन् । एमाले अध्यक्ष केपी ओलीले नै कांग्रेस र नेकपा नेताहरुसँग सहकार्यबारे छलफल भइरहेको जानकारी दिनुभएको छ ।
बताइएअनुसार सरकारका गतिविधिविरुद्ध सडक र सदनमा संयुक्तरुपमा अघिबढ्ने विषयमा सैद्धान्तिक सहमति भएको छ । प्रदेश सरकारको नेतृत्व परिवर्तनगरी नेकपालाई सुदूरपश्चिम सरकारको नेतृत्व दिने प्रस्तावसमेत छलफलमा रहेको बताइएको छ । भनिन्छ कांग्रेसलेभने यस विषयमा अन्तिम निर्णय गरिसकेको छैन ।