द हेग, ८ जेठ । श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित रहेको खुलाशा भएको छ । संयुक्त राष्टसंघको उच्च अदालत (आइसिजे) ले बिहीबार अन्तर्राष्ट्रिय श्रम संगठनको एक प्रमुख सन्धिमा हडतालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ । यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभावपार्न सक्छ ।‘महासन्धि (कन्भेन्सन) ८७’ भनेर चिनिने सन् १९४८ को आइएलओ सन्धिले श्रमिकहरुको हडतालगर्ने अधिकारलाई अन्तर्निहितरुपमा स्थापित गरेको छकि छैनभन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो ।

आईसीजेका अध्यक्ष युजी इवासावाले अदालतले त्यो महासन्धि अन्तर्गत कामदार र उनीहरुको संगठनहरुको हडतालको अधिकार सुरक्षित गरेको छ भन्नुभयो । यद्यपि, न्यायाधीश इवासावाले अदालतको राय बाध्यकारी छैन अर्थात् हडतालका लागि कुनै अन्य आधारभूत नियमहरु राख्नुभनेर बुझ्नु हुँदैन भन्नुभएको छ । उहाँले निष्कर्षले त्यो अधिकारको प्रयोगको लागि सटीक सामग्री, दायरा वा सर्तहरुमा कुनै आधार निर्धारण गर्दैन भन्नुभयो ।

आईएलओ महासन्धि ८७ यूनियन र रोजगारदाताहरु बीचको एक सम्झौता हो जसमा ‘पूर्ण स्वतन्त्रतामा, उनीहरुको प्रशासन र गतिविधिहरु व्यवस्थित गर्न’ अधिकारको समावेश गरिएको छ । रासस, एएफपी