
काठमाडौं, ८ जेठ । प्रधानमन्त्री वालेन्द्रका कारण संसदको बैठक चल्न नसकेपछि रास्वपा नैतिक संकटमा परेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । प्रतिपक्षी दलहरुको निरन्तर अवरोध र नाराबाजीकाबीच संसदको हिजोको बैठक आगामी १२ गतेसम्मका लागि स्थगित गरिएको छ । १५ गते आगामी आबको नयाँ बजेट संसदमा पेश हुनुपर्ने छ । हिजो बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र उपस्थित नभएपछि प्रतिपक्षी दलहरुले प्रधानमन्त्रि बिरुद्ध निरन्तर नाराबाजी गरेका थिए ।
विपक्षीको चर्को दबाबपछि सभामुख डोलप्रसाद अर्याल बैठक स्थगित गर्नुभएको थियो । सभामुख अर्यालले प्रधानमन्त्री कार्यालयमै पुगेर उहाँलाई भेटेर तत्काल संसदमा उपस्थित भइदिन आग्रहगर्दा पनि उहाँले इन्कार गरेको बताइन्छ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहने संवैधानिक व्यवस्था रहेको छ । तर प्रधानमन्त्रि वालेन्द्रले त्यसलाई उल्लंघनगर्दै आउनु भएको छ । सरकारको नीति तथा कार्यक्रमको जवाफ दिनसमेत प्रधानमन्त्री उपस्थित नभएपछि सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरुलाई नैतिक संकट परेको बताइन्छ ।
प्रधानमन्त्रीले सार्बभोम संसदलाईनै लगातार उपेक्षा र हेपेकोभन्दै राजनीतिक वृत्त र सामाजिक सञ्जालमासमेत वालेन्द्रको तीव्र आलोचना भइरहेको छ । प्रतिपक्षी दलहरुले भने प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म सदनको अवरोधजारी राख्ने चुनौती दिएका छन् ।