काठमाडौं, ८ जेठ । सरकारको ऋण साढे २९ खर्ब नाघेपछिसर्बत्र बिरोध शुरुभएको छ । सरकारको कुल सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्ष ०८२÷८३ को वैशाख मसान्तसम्ममा २९ खर्ब ७५ अर्ब चार करोड रुपैयाँ पुगेको छ । सो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को ४५।०८ प्रतिशत हो । कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३।५७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६।४३ प्रतिशत छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको शुरुमा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ ऋण दायित्व छ । १० महिनाको अवधिमा विनिमय दरको नोक्सानीसहित तीनखर्ब ९९ करोड रुपैयाँ थपिएको हो ।
सो कार्यालयकाअनुसार आन्तरिक ऋण परिचालनमा तीव्रता छभने वैदेशिक ऋण न्यून छ । सरकारले चालु आर्थिक वर्ष ०८२÷८३ मामात्रै कुल पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालनगर्ने लक्ष्य राखेको थियो । उक्त लक्ष्यअनुरुप चालु आवको १० महिनासम्ममा ६१।३० प्रतिशत अर्थात् तीन खर्ब ६५ अर्ब १६ करोड ऋण प्राप्त गरेको छ । जसमा आन्तरिक ऋणको हिस्सा ८१।७९ प्रतिशत र बाह्य ऋणको हिस्सा १८।२१ प्रतिशत रहेको छ ।
सरकारले तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा ८२।५० प्रतिशत अर्थात् दुई खर्ब ९८ अर्ब ६६ करोड प्राप्त गरिसकेको छ । वैदेशिक ऋणतर्फ भने लक्ष्यको तुलनामा न्यून छ । यस अवधिसम्ममा वैदेशिक ऋण लक्ष्यको २८।४६ प्रतिशत मात्रै अर्थात् ६६ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ । सरकारले ऋणको साँवा र ब्याज भुक्तानीमा पनि ठूलो रकम खर्च गरिरहेको छ । चालु आर्थिक वर्षका लागि ऋण सेवा ९साँवा–ब्याज० भुक्तानीगर्न मात्रै चारखर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।