
काठमाडौं, ८ जेठ । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भोली मे २३ देखि आगामी २६ सम्म चीनको भ्रमणगर्ने हुनुभएको छ । त्यसक्रममा उहाँले चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली केकियाङसँग भेटगर्ने कार्यक्रम छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गु जियाकुनले हिजो बिहीबार राजधानी बेइजिङमा आयोजित मिडिया ब्रिफिङमा प्रधानमन्त्री सहबाज सरिफ चीनका प्रधानमन्त्री ली केकियाङको निमन्त्रणामा चीन भ्रमणगर्दै हुनुहुन्छ भन्ने जानकारी दिनुभएको थियो ।
सरिफको भ्रमणका क्रममा दुई देशबिच महत्वपूर्ण बैठक हुनेछन् ।