काठमाडौं, ९ जेठ । क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधि अभावले बिरामीलाई समस्यामा पारेको थाहा भएको छ । क्यान्सरको उपचार हुने अस्पतालमा ती औषधिको अभाव देखिएकाले उपचारमा समस्या भएको हो । भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो । किमोथेरापी उपचारमा प्रयोग हुने औषधि कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिन अभाव देखिएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्जवल चालिसेले बताउनुभएको छ । उहाँले अस्पतालमा अहिले तीनै प्रकारका औषधिको अभाव रहेको बताउनुभयो । क्यान्सरको किमोथेरापी दिँदा धेरै किसिमका औषधिको आवश्यक हुन्छ । उहाँले किमोथेरापीबाट उपचार गर्दा अरु औषधिमा मिसाउन ती औषधिको आवश्यक हुन्छ । कम्तीमा तीन औषधिमध्ये एउटा मिसाएर किमोथेरापीमार्फत क्यान्सर रोगको उपचार गर्नुपर्ने हुन्छ । अहिले त्यो समूहको कुनै औषधि छैन । औषधि अभावले बिरामीको उपचारमा ठूलो असर परिरहेको छ भन्नुभयो । उहाँका अनुसार ती औषधि अस्पतालमा सकिएको दुई हप्ताभन्दा बढी भइसकेको छ । औषधि आपूर्तिकर्ताले भने अस्पताललाई एक महिना अघिदेखि नै औषधि उपलब्ध गराउन नसक्ने जानकारी गराएको उहाँले बताउनुभयो । धेरै जसो क्यान्सरका बिरामीको उपचारमा ती औषधिको प्रयोग गरिन्छ ।
कार्यकारी निर्देशक डा चासिलले अस्पतलामा उपचार गराउन आउन दैनिक ७० जनाले ती औषधिको आवश्यक पर्ने गरेको बताउनुभयो । उहाँले ती औषधिको अभावमा उपचार भइरहे पनि प्रभावकारी उपचार नहुने बताउनुहुन्छ । ती औषधिको अभावमा हामीले उपचार गरिरहेका छौँ । उपचार प्रभावकारी हुँदैन । क्यान्सर निको नहुन सक्छ भन्नुभयो । उहाँका अनुसार ती औषधिको बजार मूल्य रु २०० देखि दुई हजारसम्म पर्ने गरेको छ । उहाँले औषधिको अभाव भएपछि बिरामीले भारत र बाहिर महँगो दरमा औषधि किन्ने गरेका छन् । चितवनस्थित क्यान्सर अस्पतालमा किमोथेरापी उपचारमा प्रयोग हुने औषधि कार्बोप्लाटिन र सिस्प्लाटिन विगत दुई महिनादेखि छैन । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उत्तम नेपालले अस्पतालमा रहको मौज्जाद सकिएको र बिरामीले नपाएको बताउनुभयो । उहाँले अस्पतालमा भएको मौजदा सकिएको छ । हामीले बिरामीलाई उपलब्ध गराउन सकेका छैन । बाहिरका अस्पताल र आपूतिकर्ताले बिरामीलाई दिइरहेका छन् भन्नुभयो । उहाँकाअनुसार अस्पतालमा दैनिक २०० जना जना किमोथेपारी लगाउनुपर्ने बिरामी आउने गरेका छन् । उहाँले औषधि सकिएको जानकारी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा जानकारी गराइसकेको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनलाई औषधि उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो ।
औषधि व्यवस्था विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले अन्तराष्ट्रियरुपमा ती औषधिको मूल्य बढेकाले नेपालमा समायोजनागर्न नसकिएको अभाव भएको बताउनुभयो । उहाँले आपूर्तिकर्ताले सरकारले तोकेको मूल्यमा आयात गर्न सकेका छैन । त्यही भएर औषधिको अभाव देखिएको हो । राजपत्रमा प्रकाशित गरेर मूल्य तोकिएकोले अहिल्यैनै संशोधनगर्न समस्या पर्ने भएको छ । तर हामी मध्यमार्गी समाधान तिर गएर चाँडैनै ती औषधि नेपाल भित्र्याउने तयारीमा रहेका छौँ भन्नुभयो । नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले अन्तरराष्ट्रिय रुपमा ती औषधिको मूल्य बढेकाले नेपालमा पहिलेकै मूल्यमा औषधि बिक्रीगर्न नसकिएकाले निर्यात नगरिएको बताउनुभएको छ ।
उहाँले सरकारले ०७२ सालमा ती औषधिको मूल्य राजपत्रमा प्रकाशित गरेर तोकेको छ । तर हामी ०७२ सालको मूल्यमानै अहिले आएर औषधि दिन सक्दैनौँ भनेर सरकारलाई पहिल्यैदेखि भन्दैआएका थियो । सरकारले हाम्रा कुरा नसुनेर अहिलेको अवस्था आएको हो भन्नुभएको छ । उहाँले औषधिमो मूल्य समायोजन हुनसाथ औषधि नेपालमा आयात गर्ने बताउनुभयो । उहाँले ति औषधिको मौज्जात कति के छ भनेर अध्ययनसमेत भइरहेको बताउनुभएको छ । रासस