काठमाडौं, ९ जेठ । आज पनि एमालेको सचिवालय बैठक जारी छभने पार्टी संकटमा परेको बेला नेतृत्व फेर्न उपाध्यक्षहरु परिचालित भएको देखिएको छ । नेपालका सबै पार्टीको नेतृत्व कब्जागर्ने विदेशी शक्तिकेन्द्रहरुको अभियान जारी छ । सोही अभियानमा एमालेका रामबहादुर थापा बोहकका उपाध्यक्षहरुलाई परिचालन गरेको देखिएको छ । हिजोबाट शुरुभएको एमालेको सचिवालयको बैठकमा पाँचजना उपाध्यक्षहरुले आआफ्नो समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष केपी ओलीको निवास गुण्डुमा हिजो ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छघण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनकाबारेमा घनिभूत छलफल गरिएको थियो । साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारीदिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनकाबारेमा लामो छलफल भएको बताउनुभएको थियो । हिजोको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरुको कार्यविभाजनको विषय हिजोको बैठकमा प्रवेश नपाएको जानकारी दिनुभएको छ । सचिवालयको अर्को बैठक आज बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुनः बस्नेगरी स्थगन भएको उहाँले जानकारी दिनुभएको छ ।

अध्यक्ष ओली भने तत्काल पद त्यागनगर्ने पक्षमा रहनुभएको छ । शुभेच्छुकहरुले एमालेलाई तत्काल केन्द्रिय नेतृत्व परिवर्तन नगर्न सुझाव दिएको बुझिएको छ ।