
काठमाडौं, ९ जेठ । नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले हिजो प्रधान न्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो ।
भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ । बारले दर्ता हुनआएका निवेदनहरु सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन बारले माग गरेको छ । ध्यानाकर्षण पत्रमा दरपिठ भएको निवेदन उपर सात दिनभित्रमा सुनुवाइको व्यवस्थागर्न पनि आग्रह गरिएको छ ।