काठमाडौं,११ जेठ । रास्वपाका सभापति रवि लामिछाने पनि रहस्यमय दिल्ली भ्रमणमा जाने हुनुभएको छ । भारतीय विदेश मन्त्रालयले नेपालका परराष्ट्रमन्त्रिको भ्रमण स्थगित गरेर उहाँलाई बोलाएको बताइन्छ । बर्तमान सरकारले नेपाल भारतबीचको सुपुर्दगी सन्धी भारतीय चाहनाअनुसार पुनराबलोकनगर्न बल पुग्नेगरी नयाँ निर्णय गरेपछि लामिछानेलाई दिल्ली भ्रमणको निमन्त्रणा आएको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । हाल दिल्लीमा इन्डो पश्चिमा रणनीतिबारे छलफल पनि भैरहेको छ । जसमा अमेरिकी विदेशमन्त्रि पनि संलग्न रहनुभएको छ । सभापति रवि लामिछानेसँगै सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन आचार्य र प्रतिनिधिसभा सदस्य दिपक बोहरा भ्रमण दलमा रहने बताइन्छ ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा लामिछाने दुईदिने भ्रमणका लागि आगामी १८ गते त्यसतर्फ जाने तयारी रहेको थाहा भएको छ । भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीलगायतसँग उच्चस्तरीय भेटवार्तागर्ने कार्यक्रम रहेको बताइन्छ । उहाँले भारत सरकारका अन्य मन्त्रीहरुसँग पनि भेटगर्ने हुनुभएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि लामिछाने भारत भ्रमणमा जानलागेको बियषय नेपालको राजनीतिमा चर्चाको बिषय भएको छ ।