काठमाडौं, १५ जेठ । एमालेका अध्यक्ष केपी ओलीले गणतन्त्रका उपलब्धिहरुको संस्थागत संरक्षणमा जोड दिनुभएको छ । आज १९ औं गणतन्त्र दिवसको अवसरमा देशवासीका नाममा एक शुभकामना बक्तब्यदिँदै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले बक्तब्यमा भन्नुभएको छ–व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अंग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था शुरुहुनु गणतन्त्रको महत्वपूर्ण हो । गाउँगाउँमा स्थानीय सरकारको उपस्थिति, राज्यका साधनस्रोतमा नागरिक पहुँच विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, खुला अभिव्यक्ति, सेवामा डिजिटल पहुँच तथा सडक–सञ्चार विस्तारलाई गणतन्त्रका उपलब्धिहरु हुन् । अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर संघर्ष सम्झन आह्वान गर्नुभएको छ । ओलीले गणतन्त्र नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त उपलब्धि भएको उल्लेखगर्दै जनताले आफ्नै प्रतिनिधिमार्फत शासन प्रणाली निर्धारणगर्ने अधिकार प्राप्तगर्न हजारौं अग्रजले जीवन बलिदान दिएको तथा धेरैले जेल, यातना र निर्वासन भोग्नुपरेको स्मरण गर्नुभएको छ ।
उहाँले जनताले आफ्ना लागि आफैंले शासनप्रणाली निर्धारणगर्ने गणतान्त्रिक अधिकार प्राप्तगर्न सात दशकभन्दा लामो संघर्ष गर्नुप¥यो । बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार प्राप्तगर्ने क्रममा हजारौं अग्रजहरुले जीउज्यान अर्पण गर्नुप¥यो । कैयौंले दशकौं लामो जेलनेल, यातना र निर्वासनसमेत भोग्नु प¥यो । जनताको धेरै ठूलो संघर्ष र बलिदानपछि हुकुमबाट चल्ने प्रणाली फ्याँकियो, कानूनबाट चल्ने प्रणाली स्थापना भयो । व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा, लोकतान्त्रिक अंग र संरचनाहरुबाट सञ्चालन हुने पद्धति शुरु भयो । जनताको आजादीको यस व्यवस्था स्थापनाका लागि जीवन गुमाउनुहुने अमर शहीदहरु र अग्रजहरुप्रति भावपूर्ण श्रद्धार्पण गर्दछु भन्नुभएको छ । अध्यक्ष ओलीले गणतन्त्र केवल शासन प्रणाली परिवर्तन नभई नेपाली समाजको चेतनामा आएको गहिरो रुपान्तरण भएको बताउनुभएको छ ।
शताब्दीयौँसम्म प्रजा भएर बाँचेको समाज संविधानमार्फत सार्वभौम नागरिकमा रुपान्तरित भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले स्थानीय सरकारको विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पीछडिएको समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, डिजिटल सेवामा पहुँच, सडक तथा सञ्चार विस्तारलाई गणतन्त्रका उपलब्धिकारुपमा व्याख्या गर्नुभएको छ । उहाँले चाहेजति गतिमा परिवर्तन हुननसक्दा प्रणालीसँगै असन्तुष्टि हुनपनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रुपमा सम्बोधनगर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ भन्नुभएको छ । उहाँले जनताको निराशाबाट लाभ लिन लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिप्रति सचेत गराउँदै यस्तो कार्यले अधिनायकवादको जोखिम बढाउने चेतावनी दिनुभएको छ । उहाँले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहापाउने कुरा हो ।
जनताको निराशाबाट लाभ लिन संस्थामाथि अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिबाट लोकतान्त्रिक अधिकार कमजोरबन्ने तथा अधिनायक तन्त्र हुर्किने जोखिम रहन्छ भन्नुभएको छ । अध्यक्ष ओलीले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकारक्षेत्रको अनतिक्रम्यता र रक्षानै, यसबेला समग्रमा हाम्रो गणतन्त्रको रक्षा हो । लोकतान्त्रिक गणतन्त्र नभए केके गुमाउनु पर्छभन्ने कुरा गणतन्त्र नरहेका बेलामात्रै समाजले महशुसगर्न पाउँछ, जुन हाम्रो अघिल्लो पुस्ताले भोगेको थियो भन्नुभएको छ । उहाँले लोकतन्त्रका यी संस्थाहरु कमजोर भएभने कुनै पनि समाज बलियो रहँदैन, जनताले सुख पनि पाउँदैनन् । तसर्थ, लोकतान्त्रिक गणतन्त्रका यी अंगहरुको रक्षागर्नु भनेको हामी सबैको भविष्यको रक्षागर्नु हो भन्नुभएको छ ।