काठमाडौं,१५ जेठ । आज १९ औं गणतन्त्र दिवसमा सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुँदै छ । जननिर्वाचित संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । ०६५ जेठ १५ गते २४० वर्ष लामो राजतन्त्रको अन्त्यगर्दै नागरिक सर्वोच्चता प्राप्तभएको यो दिन नेपाली जनताको स्वतन्त्रता र सामाजिक न्यायको उत्सव पनि हो ।
१९औँ गणतन्त्र दिवसका अवसरमा आज मुलुकभर बिभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत राज्यका विशिष्ट महानुभावहरु सहभागी हुनुहुँदैछ । समारोहमा परिवर्तनका लागि आफ्नो प्राण आहुति दिने शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पणगर्दै लोकतन्त्रका लागि संघर्ष, त्याग र जेलनेल भोगेका अग्रजहरुको योगदानको स्मरण गरिदै छ ।