
काठमाडौं, १३ जेठ । आज नेपाली कम्युनिष्ट पार्टीले प्रशिक्षण भेला गर्दै छ । सो पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको प्रशिक्षण भेलागर्ने भएको हो । आज र भोलि प्रज्ञा भवन, कमलादीमा पार्टीकातर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखको भेलागर्न लागेको केन्द्रीय कार्यालका मुख्य सचिव गणेश पुनले जानकारी दिनुभएको छ । पुनकाअनुसार पार्टीको केन्द्रीय स्थानीय तह विभागद्वारा पार्टी संयोजक पुष्पकमल दाहालको र सहसंयोजक माधवकुमार नेपालसमेत सहभागी हुने भनिएको छ ।
कार्यक्रममा प्रदेश पार्टीका इञ्चार्ज र संयोजक, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख र अध्यक्ष ÷ उपाध्यक्ष पदमा दुवै नेपाली कम्युनिष्ट पार्टीका पदाधिकारी रहेको भए प्रमुख तथा अध्यक्ष ( एकजना मात्र ) को नै सहभागिता हुनुपर्ने र पदाधिकारीमा उपप्रमुख र उपाध्यक्ष मात्र रहेको भए स्वयम्को पनि अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।