काठमाडौं,१४ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले कम्युनिष्ट बिरुद्ध विश्वब्यापि षडयन्त्र भैरहेको खुलाशा गर्दै क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न नदिने बताउनु भएको छ । उहाँले अहिले बत्तिमा तेल कम भएको भए पनि क्रान्तिको बत्ति कुनै पनि हातलमा निभ्न नदिने बताउनु भएको हो । महासचिव गजुरेलले शहीद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसलाई सम्बोधनगर्ने क्रममा हिजो उपरोक्त कुरा बताउनु भएको हो । उहाँले क्रान्तिको कार्यभार पूरा गरेरमात्रै इच्छुक लगायतका हजारौं शहीदहरुको सपना साकार हुने र त्यो नै शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताउनु भएको थियो ।
उहाँले जेनजी परिघटना कुनै विद्रोह नभएर साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको यहाँका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु र छिमेकी मुलुक चीनका विरुद्ध परिचालित एउटा परिघटना मात्र भएको दावी गर्नुभएको थियो । विकसित पछिल्लो स्थितिमा छरिएर रहेका क्रान्तिकारीहरु क्रान्तिप्रति अझै आशावादीहुँदै हरेक प्रतिकूलताको समनागर्दै क्रान्तिको तयारीमा जुट्नुपर्ने आबश्यतामाथि जोड दिनुभएको थियो ।
उहाँले शहीद इच्छुकको बहुआयामिक व्यक्तित्व र कृत्तित्वबाट शिक्षा लिँदै नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको कार्यभार पूरागर्न अगाडि बढ्नुपर्ने पनि बताउनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले नयाँ जनवाद, वैज्ञानिक समाजवाद शहीद कृष्णसेन इच्छुकको सपना भएकोभन्दै त्यो सपना क्रान्तिकारीहरुले जसरी पनि पूरा गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।