मनिला, १६ जेठ । फिलिपिन्सका अधिकारीहरुले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई रिहा गरिइएको फिलिपिन्स स्थित चिनियाँ दूतावासले जनाएको छ । अन्य छजनाको रिहाइ प्रक्रिया भइरहेको र छिटै रिहागर्ने उल्लेखगर्दै दूतावासले विज्ञप्ति जारीगरेको छ । दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तको स्टिल प्लान्टमा काम गरिरहेका चिनियाँ नागरिकलाई मे –१५ मा फिलिपिन्सका कानून अधिकारीहरुले हिरासतमा लिएका थिए ।

फिलिपिन्सको न्यायलयले चिनियाँ नागरिकहरुले फिलिपिन्सको आणविक सुरक्षा ऐन, अध्यागमन ऐन र श्रम संहिता उल्लंघन गरेको प्रमाणीत हुने अपर्याप्त प्रमाण नभएको उल्लेखगर्दै उनीहरुलाई रिहागर्न आदेश दिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ । चिनियाँ दूतावासले यो विषयलाई विशेष महत्वकासाथ लिएको बताएको छ । यसले फिलिपिन्सका सम्बन्धित अधिकारीहरुसँग निष्पक्ष, द्रुत र कानूनी समाधान तथा चिनियाँ नागरिकको वैध अधिकार र चासोको पूर्णसंरक्षणको मागगरेको जनाइएको छ ।

दूतावासले फिलिपिन्समा चिनियाँ नागरिक र संस्थाहरुको सुरक्षा तथा अधिकारको रक्षा जारीराख्ने प्रतिवद्धता व्यक्तगर्दै सम्बन्धित सबै पक्षलाई कानून र नियमहरुको कड्याईकासाथ पालनागर्न सुझाव दिएको छ । रासस,सिन्ह्वा