काठमाडौं,१६ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा आर्थिक सुधारको बहसलाई खुला गरिदिएको टिप्पणी गर्नुभएको छ । हिजो जारी नयाँ बजेटबारे संक्षिप्त प्रतिक्रियादिँदै उहाँले बजेट व्यापक आर्थिक सुधारको मुद्धा बोकेर आएकाले यो केवल एउटा प्रस्थानविन्दु मात्र भएको र सरकारले संयमितहुँदै सुधारका लागि निरन्तर प्रयत्न गर्नुपर्ने बताउनुभएको छ । पूर्वअर्थमन्त्री आचार्यले बजेटमा राखिएका समग्र आर्थिक सुधारका लक्ष्यहरु पूरागर्न निजी क्षेत्र, गैरआबासीय नेपालीको पूँजी परिचालन र अन्तर्राष्ट्रिय लगानी आमन्त्रण अनिवार्य शर्त रहेको बताउनु भएको छ ।
उहाँले यी क्षेत्रलाई आकर्षितगर्न नसके बजेटका उद्देश्यहरु पूरा हुन नसक्ने दाबीगर्दै यसका लागि कानूनी सुधार र प्रशासनिक सरलीकरणगर्न सरकारलाई सुझाव दिए । उनले आर्थिक सुधारको यो प्रक्रियालाई अर्थमन्त्री र सरकारले निरन्तर अनुगमनगर्दै आबश्यकता अनुसार नीतिगत परिमार्जनगर्दै जानुपर्नेमा जोड दिनुभएको छ । उहाँले बजेटको आकार र स्रोतका विषयमा टिप्पणीगर्दै २१ खर्ब रुपैयाँभन्दा माथिको बजेटका लागि स्रोत व्यवस्थापनगर्नु निकै चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।