काठमाडौं,१६ जेठ । नेकपा (मसाल) का महामन्त्रि मोहनबिक्रम सिंहले नेपालमा भ्रष्टाचार र कुशासनका विरुद्ध शक्तिशाली जनआन्दोलन उठाउन जरुरी रहेको बताउनु भएको छ । एक बक्तब्य प्रकाशितगरी उहाँले गणतन्त्रमा खतरा पैदाभएकोभन्दै चिन्ता पनि ब्यक्त गर्नुभएको छ । उहाँले बक्तब्यमा नेपालमा करिब एक शताब्दी लामो जनताको संघर्ष तथा त्याग र बलिदानद्वारा प्राप्त गणतन्त्र महान् ऐतिहासिक उपलब्धि हो तर गणतन्त्र दिवसलाई मनाउने सन्दर्भमा त्यसप्रति पैदाभएको खतराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आबश्यकता छ भन्नुभएको छ । उहाँले बक्तब्यमा नेपालका गणतन्त्र र बहुदलीय व्यवस्था पक्षधर राजनीतिक शक्तिको भ्रष्टाचार र कुशासनबाट जनता धेरैनै असन्तोष र निराश भएकाले पनि दलीय प्रणाली र गणतन्त्रप्रतिको जनताको समर्थन धेरैनै कम भएर गएको छ । त्यो अवस्थामा गणतन्त्रको रक्षाको प्रश्न अत्यन्त गम्भीर भएको छ ।
त्यस प्रकारको पृष्ठभूमिमा एकातिर गणतन्त्रको विरुद्धमा देखापरेका सबै शक्तिको विरोध र अर्कातिर गणतन्त्र र बहुदलीय व्यवस्थाको रक्षा तथा भ्रष्टाचार र कुशासनसमेतका विरुद्ध शक्तिशाली जनआन्दोलन उठाउनुपर्ने आबश्यकता मा नेकपा (मसाल) ले सम्पूर्ण जनताको ध्यान आकर्षितगर्न चाहन्छ भन्नुभएको छ । गत भदौ २३ र २४ गतेका घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले जारीगरेको प्रतिवेदनप्रति पनि नेकपा मसालको गम्भीर ध्यानआकर्षित भएको बताउँदै महामन्त्रि सिंहले कार्की आयोगले भदौ २३ गतेको घटनाबारेनै छानबिन गरेर प्रतिवेदन दिएको थियो । त्यो प्रतिवेदनमा भदौ २४ गतेको घटनाका लागि जिम्मेवार व्यक्तिबारे कुनै छानबिन गरेको थिएन । त्यसरी त्यो आयोगको मुख्यजोड भदौ २४ गतेको तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिलाई बचाउनेतर्फ नै रहेको कुरा प्रष्ट छ भन्नुभएको छ ।
अहिले मानवअधिकार आयोगले भदौ २४ गतेका घटनाबारे पनि छानबिन गरेर दोषीमाथि कारवाहीको लागि सुझाव दिएको छ । भदौ २३ गतेको घटनाका लागि ओली सरकार जिम्मेवार भएको कुरा प्रष्ट छ । उहाँले भदौ २३ र २४ गतेका मानवअधिकारको उल्लंघन वा अपराधजन्य कार्यको लागि दृढतापूर्वक आबाज उठाउन हामीले न्यायप्रेमी जनतासित अपिल पनि गर्नुभएको छ । उहाँले बक्तब्यको अन्त्यमा गत कालमा संयुक्त आन्दोलनमा कैयौँ कमजोरी रहेको भएतापनि गणतन्त्र र राष्ट्रियता पक्षधर सबै राजनीतिक शक्ति, संघसंस्था र जनतासित बलियो ऐक्यबद्धता कायमगर्ने कुरामा हाम्रो पार्टीले जोड दिन्छ भन्नुभएको छ ।