काठमाडौं,१७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले आज एक बक्तब्य प्रकाशितगरी प्रधानमन्त्री वालेन्द्र शाहले आज संसदमा प्रतिनिधि सभाका सदस्यहरुले उठाएका प्रश्नहरुको उत्तर दिनेक्रममा संसदमा पहिलो पटक बोल्दै पहिलो पटक नेपालले पनि भारतको सीमा मिचेको थाहाँ पाएभनेर ब्यक्त गरेको धारणा घोर आपत्तिजनक र सन्देहास्पद छ । नेपाल कम्युनिष्ट पार्टी यसको तीब्र बिरोध र भत्र्सना गर्दछ भन्नुभएको छ ।

उहाँले बक्तब्यमा भन्नुभएको छ–भारतले नेपालको ७३ स्थानमा सीमा मिचेको र कालापानी, लिपुलेक र लिम्पियाधुरामा बर्षाैंदेखि नेपालको सीमा अतिक्रमण गरेर सैनिक क्याम्प समेत राखेको तथा नवलपरासीको सुस्तामा पनि अतिक्रमण गरिराखेको र यस्ता सबै सीमा अतिक्रमणका बिरुद्ध बर्षौदेखि नेपालका राजनीतिक दलहरु, जागरुक नागरिक समाज बिद्यार्थी संगठनहरु सबैले बिरोध जनाउदै आएको जग जाहेर हुँदाहुँदै इतिहासमा कतै नभएको आधारहीन कुरा संसदमा प्रधामन्त्रीले किन उठाए ? गम्भीर खतराको संकेत अबाञ्छित जोखिम निम्त्याउने कुरा त होइन ? भन्ने सर्बत्र प्रश्न उठेको छ । उहाँले बक्तब्यको अन्त्यमा मेयरहुँदा ग्रेटर नेपालको तस्बीर झुड्याएरबस्ने वालेन्द्र शाह प्रधानमन्त्री हुने बित्तिकै एकाएक जसरी यस्तो गैर जिम्मेवार र राष्ट्रघाती अभिब्यक्ति दिन पुगे त्यो खेदजनक त छनै जोखिमपूर्ण पनि छ ।

यसको बिरुद्ध सम्पूर्ण स्वाधीनताप्रेमी बाम तथा लोकतान्त्रिक शक्ति एक जुट भएर आवाज उठाउनु र मैदानमा उत्रिनुको कुनै बिकल्प छैन भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी पुनः दोहो¥याउन चाहन्छ भन्नुभएको छ ।