
काठमाडौं,१९ जेठ । प्रतिनिधिसभाको हिजोको बैठककले संसदको गत आइतबारको बैठकमा सांसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेकोभन्दै तीन सदस्य छानबिन समिति गठन गरेपछि झगडा थपचर्किने भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संसद सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गर्नुभएको हो । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ ।
प्रतिनिधिसभाको गत आइतबारको बैठकमा केही सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पु¥याउने काम गरेको सभामुखको भनाई छ । प्रतिपक्षले हिजोपनि सदन अवरुद्ध गरेपछि हिजो सोमबारका लागि तयभएका बैठकको कार्यसूचीका विषयहरु हटाइएको थियो ।