काठमाडौं,२१ जेठ । भोली जेठ २२ गते रास्वपाका सभापति रवि लामिछाने स्वदेश फर्केलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल पर्सी २३ गते भारतको नयाँदिल्ली पुग्नुहुने भएको छ । त्यहाँ के संझौता गरिँदैछ भन्ने खुलेको छैन । भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल यही जुन ६ (जेठ २३) मा नयाँदिल्ली जान लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार खनालको भ्रमण दुईदिने औपचारिक हुनेछ । परराष्ट्रमन्त्री खनालको भ्रमणमा द्विपक्षीय हितका सबै विषयमा चेकलिष्ट बनाएर काम गरिने नयाँदिल्ली भ्रमणमा रहेका रास्वपा सचिवालय सदस्य दिपक बोहराले बीबीसी नेपाली सेवालाई जानकारी दिनुभएको छ । भारतले यसअघि तत्कालीन परराष्ट्रमन्त्रि डा. आरजु देउवालाई पनि शुरुमा रेड कार्पेट आछ्याएर स्वागत गरेको थियोभने पछिल्ला भ्रमणमा बेवास्ता गरेको थियो । परराष्ट्रमन्त्रि खनालको भ्रमण रहस्यमय रहेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ ।