काठमाडौं,२१ जेठ । एमालेका अध्यक्ष केपी ओलीले गत भदौ २३ र २४ गते घटेका घटनाहरु तत्कालीन एमाले नेतृत्वको सरकारलाई विस्थापितगर्न रचिएको पूर्वनियोजित राजनीतिक षड्यन्त्र भएको खुलाशा गर्नुभएको छ । उहाँले वैधानिक र संसदीय बाटोबाट सरकार विस्थापितगर्न सम्भव नभएपछि अन्ततः गैरसंवैधानिक, अवैधानिक र आपराधिक मार्गको सहारा लिएर तत्कालीन सरकारलाई विस्थापितगर्ने षड्यन्त्र रचिएको उहाँको भनाई थियो । एमालेको केन्द्रीय संगठन विभागको आयोजनामा सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालाको हिजो उद्घाटनगर्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । अध्यक्ष ओलीले संगठनमा देखिएका चुनौतीको सामनागर्न सक्ने शक्ति बनाउनेगरी एकताबद्ध भएर लाग्न आह्वान पनि गर्नुभएको छ । अध्यक्ष ओलीले एमाले देश, शान्ति, विकास, समृद्धि र लोकतन्त्रप्रति समर्पित पार्टी हो ।

यसले आत्तिने र हरेश खाने कामगर्नु हुँदैन । आँधी चल्नेबित्तिकै ढलिहाल्ने हाम्रो पार्टी होइन भन्नुभएको छ । उहाँले प्रतिशोधको भावनामा कसैले पनि कामगर्न नहुने बताउनुभएको छ । कार्यक्रमबाट पार्टीभित्रका भ्रमचिर्दै नयाँ विश्वास र जोशकासाथ कार्यक्षेत्रमा परिचालित हुन सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको छ । कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुख सहभागिता रहेको छ । अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते घटेका घटनाहरु तत्कालीन एमाले नेतृत्वको सरकारलाई विस्थापितगर्न रचिएको पूर्वनियोजित राजनीतिक षड्यन्त्र भएको खुलाशा पनि गर्नुभएको छ ।

उक्त घटनालाई कतिपय पक्षले आन्दोलन त कतिपयले क्रान्तिको संज्ञा दिने गरेपनि त्यो केवल आपराधिक क्रियाकलापको योजनामात्रै भएको ओलीको भनाइ थियो। सम्बोधनका क्रममा अध्यक्ष ओलीले नवयुवाहरुको हत्यागर्ने खालका आपराधिक गतिविधिलाई समेत क्रान्तिको नाम दिने गरिएकोभन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । उहाँले आफूहरुले अपराधको योजना बुन्ने र काँक्रो खाएर बियाँ अर्काको गालामा टाँसेजस्तो गरी एमालेमाथि दोषारोपणगर्ने काम गरिएको टिप्पणी पनि गर्नुभएको थियो ।