बेरुत, २२ जेठ । लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासेमले बिहीबार लेबनानी र इजरायली राजदूतहरुले घोषणा गरेको सशर्त युद्धविरामलाई स्वीकार्न नसकिने बताउनुभएको छ। उहाँले बृहत् युद्धविराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ । संयुक्त राज्य अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरुले सशर्त युद्धविरामका लागि सहमति जनाएपछि कासेमको सन्देश आएको हो ।
सम्झौतालाई लेबनानका राष्ट्रपतिले लडाइँको दिगो अन्त्यको लागि ‘अन्तिम मौका’ भन्नुभएको छ। फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान व्यापक मध्यपूर्व युद्धमा तानिएको थियो। हेजबुल्लाहले इजरायल–लेबनान वार्तालाई अस्वीकार गरेको छ । हेजबुल्लाह र इजरायलबीच अप्रिल १७ मा घोषणा गरिएको यसअघिको युद्धविराम दैनिक उल्लंघन गरिएको छ । इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनाथ गरिएको छ र इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण जारीराखेको छ । कासेमले इजरायललाई उसको शत्रुलाई मार्ने स्वतन्त्रता छैन । युद्धविराम बृहत् हुनुपर्दछ ।
इजरायलसँग प्रत्यक्ष वार्ता भनिने प्रहसन र अपमानलाई रोक्न लेबनान सरकारसँग आग्रह गर्नुभयो । उहाँले जबसम्म हाम्रा गाउँहरु असुरक्षित हुन्छन्, बमबारी गरिन्छ र हाम्रा मानिसहरु मारिन्छन्, इजरायली (उत्तरी इजरायलका वस्ती) असुरक्षित हुनेछन् भन्नुभयो । यो भनाइ लेबनानमा नयाँ इजरायली आक्रमणपछि इजरायली रक्षामन्त्री इजरायल काट्जले बेरुतमा नयाँ आक्रमणको चेतावनी दिएपछि आएको हो । यसअघि, इजरायली सेनाले हेजबुल्लाहको प्रभाव क्षेत्र रहेको लेबनानमा स्थानीय बस्तीमा फिर्ता नहुँदै आतंकवादी पूर्वाधारहरु भत्काउन यस चरणमा, आफ्नो हवाई आक्रमण र स्थल कारबाहीलाई जारीराख्ने बताएको थियो । रासस,एएफपी