काठमाडौं, २८ भदौ । आजबाट काठमाडौं उपत्यकामा विगत ६ दिनदेखि लाग्दै आएको निषेधाज्ञा र कफ्र्यु हटेको छ । नेपाली सेनाले गत २४ गतेदेखि सूचना जारीगर्दै निषेधाज्ञा र कफ्र्युको विषयमा जानकारी दिँदैआएको थियो । तर आज बिहानभने सेना र स्थानीय प्रशासन कुनैपनि निकालये निषेधाज्ञा र कफ्र्युसम्बन्धी सूचना जारी गरेका छैनन् । निषेधाज्ञा र कफ्र्यु हटेसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्नथालेको छ । काठमाडौं उपत्यकासँगै देशका बिभिन्न जिल्लामा लाग्दैआएको निषेधाज्ञा र कफ्र्यु पनि आज बिहानदेखि हटेको छ ।
आन्दोलन उत्कर्षमा पुगेपछि गत २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कफ्र्यु जारीगरेका थिए ।