वाशिंटन, २९ भदौ । अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेशगर्न नपाउनेगरी नयाँ प्रतिबन्ध लगाएको छ । यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्रहुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिंगटनको बढ्दो चिन्तालाई उजागर गरेको छ । द इपोक टाइम्सका अनुसार नासाको परियोजनाहरुमा ठेकेदार वा शोधकर्ताको रुपमा योगदान गरिरहेका चिनियाँ नागरिकता भएका अमेरिकी भिसा प्राप्त व्यक्तिहरुलाई यस प्रकारको प्रतिबन्धका लागि सेप्टेम्बर पाँचमा सूचित गरिएको र उनीहरुको पहुँच समाप्त गरिएको थियो । त्यसँगै धेरैले आफूलाई डिजिटल प्रणालीबाट अचानक अलग गरेको र आफुहरुलाई कामसँग सम्बन्धित व्यक्तिगत र भर्चुअल बैठकहरुबाट पनि अलग गरेका छन् । नासाका प्रेस सचिव बेथानी स्टिभेन्सले नीति परिवर्तनको पुष्टिगर्दै नासाले भौतिक र साइबर सुरक्षा दुवै जोखिमलाई सीमितगर्न आन्तरिक कारबाही गरेको बताउनुभयो । उहाँले प्रतिबन्धहरु संवेदनशील कामहरुको सुरक्षाका लागि आवश्यक थिए। द इपोक टाइम्सका अनुसार यो निर्णय अमेरिकी प्रविधि क्षेत्रमा चिनियाँ नागरिकहरुको उच्च छानबिनपछि आएको छ र हालैका वर्षहरुमा धेरै जासुसी घटनाहरु चिनियाँ कम्युनिस्ट शासनसँग सम्बन्धित छन् ।
एक विशिष्ट सुरक्षा उल्लङ्घनले नासाको उक्त कदमलाई प्रेरित गर्योभन्ने तोकिएको छैन । थप स्पष्टीकरणको लागि सोध्दा नासाले द इपोक टाइम्सलाई फक्स बिजनेसमा कार्यवाहक प्रशासक सीन डफीले गरेको टिप्पणीलाई उल्लेख गरेको थियो । फक्स बिजनेसका डफीले संयुक्त राज्य अमेरिकाले ‘दोश्रो अन्तरिक्ष दौडको नेतृत्व गर्नुपर्दछ’ र चीनको चन्द्र यात्राको महत्वाकांक्षाहरु शान्तिपूर्ण अन्वेषणको सट्टा सैन्य उद्देश्यमा आधारित भएकाले प्रतिबन्ध आवश्यक भएको बताउनुभएको थियो । अमेरिकी रक्षा अधिकारीहरुले पनि यस्तै चिन्ता व्यक्त गरेका छन् । स्पेस फोर्सका प्रमुख जनरल बि चान्स साल्ट्जम्यानले बेइजिङको अन्तरिक्ष कार्यक्रम उसको सैन्य रणनीतिसँग जोडिएको बताउनुभएको छ । यसैबीच, चीनले अगस्टमा आफ्नो चन्द्रमामा पठाउने लङ मार्च–१० रकेटको परीक्षणसहितका कार्यहरु तीव्र पारेको छ । चीनले योे दशकको अन्त्यसम्म चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीहरु अवतरणगर्ने लक्ष्य राखेको छ । रासस,एएनआइ