काठमाडौं, २ माघ । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्दगरेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिनुभएको हो । उहाँले स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताउनुभयो । अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेवापत बोर्डबाट करिब ४० करोड भुक्तानी लिन बाँकी रहेको छ । सूचना अधिकारी रोस्याराले स्वास्थ्य बिमामार्फत मासिक रु दुई करोड बराबरको सेवा उपलब्ध गराउँदैआएका थियौँ ।

बीमितको उपचार गरेवापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो । आन्तरिक श्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक दुईकरोड घाटा खाएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनगर्न नसकिएको बताउनु भयो । अस्पतालले ०७७ सालदेखि नियमितरुपमा सञ्चालनगर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदानगर्दै आएको थियो । बिमा वापतको रकम भुक्तानीगर्न बोर्डलाई दुई वर्षदेखि आग्रहगर्दा कुनै सुनुवाइ नभएको सूचना अधिकारी रोस्याराले बताउनुभएको छ ।