काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले कानूनी र सडक आन्दोलन एकसाथ शुरुगर्ने भएको छ । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज शनिबार बिहान आठबजेबाट पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुरुहुँदै छ । आजको बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहने छ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएकोप्रति शेरबहादुर देउवा पक्षले हिजै आपत्ति जनाएको थियो । नेकांका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाउनु भएको छ ।

आयोगको निर्णयप्रति प्रतिक्रियादिँदै उहाँले अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं भन्नुभयो । निर्वाचन आयोगको हिजो शुक्रबार बसेको बैठकले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको भनिएको थियो ।