फाइल तस्वीर
काठमाडौं,३ माघ । एमालेको आजको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउने भएको छ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि अधिकांस जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भैसकेको थाहा भएको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने बैठकले अन्य समसामयिक बिषयमा पनि छलफलगर्ने छ । एमालेले जिल्लाहुँदै प्रदेश कमिटीले सिफारिसगरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एकजनालाई उम्मेदवार बनाउनेछ । एमालेले एक महिलासहित कम्तीमा दुई जनाको नाम सिफारिसगर्न निर्देशन दिएको थियो ।
निर्वाचनका लागि आगामी छगते उम्मेदवारी मनोनयन दर्तागर्ने कार्यतालिका रहेको छ । जिल्लाहुँदै प्रदेश कमिटीहरुले आगामी निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमालेका सचिव डा राजन भट्टराईले जानकारी दिनुभएको छ । यसैबीच एमालेको संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा गरिएको छ । हिजो आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान शुरु भइसकेको छ । एमालेको गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न दोश्रो विधान महाधिवेशनले काठमाडौं उपत्यकालगायत जिल्ला कमिटीलाई समेटेर प्रदेशस्तरको संगठन कमिटी गठनको व्यवस्था गरेको थियो ।
उक्त व्यवस्थानुसार एमालेको गत पुस २२ गतेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौं)को नेतृत्वमा पदाधिकारी तोकेको थियो । कमिटीको पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजंग थापा (भक्तपुर) र वेलिमाया घले (काठमाडौं) रहनुभएको छ । सो कमिटीको इञ्चार्जमा पार्टीका सचिव डा राजन भट्टराई तोकिनुभएको भएको छ । आजको बैठकमा आगामी ११ गते हुने राष्ट्रिय सभा सदस्यका बारेमा पनि छलफल हुने कार्यक्रम रहेको छ ।