काठमाडौं, २ माघ । नेपाली कांग्रेस भू राजनीतिक चपेटामा परेको छभने देउवा समूहले निर्वाचन आयोगको गगन थापा समूहलाई आधिकारिकता दिने निर्णयका बिरुद्ध कानूनी र सडक आनदोलन थाल्ने भएको छ । नेपाली कांग्रेसको देउवा समूहका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रियादिँदै निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको सभापतिमा अद्यावधिकगर्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै अब कानूनी र सडक आन्दोलनमा जाने बताउनु भएको छ ।

संभवत आगामी आइतबार सर्बोच्च अदालतमा निर्वाचन आयोगको निर्णय बिरुद्ध रिट दायर हुने छ । त्यसैगरी भोली शनिबार बिशेष पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा हुँदैछ ।