काठमाडौं, २ माघ । नेपाली कांग्रेसका नेताहरुद्वारा उम्मेदवारी परित्यागगर्न शुरु भएको छ । यसैक्रममा प्राप्त एक समाचारअनुसार नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गर्नुभएको छ । उहाँले एक विज्ञप्ति जारीगरी आफ्नो गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलताबाट गुज्रिरहेको उल्लेखगर्दै निर्वाचनमा उम्मेदवार नहुने घोषणा गर्नुभएको हो ।
सुर्खेत क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस हुनुभएका नेता थानीले करिब दुई महिनादेखि खुट्टामा नशासम्बन्धी समस्याका कारण सहजरुपमा हिँडडूलगर्न सकेको छैन, त्यसकारण यो निर्वाचनमा म नउठ्ने निर्णय गरेको छु भन्नुभएको छ । मुलुकको स्थायित्व र संविधानको रक्षाको निम्ति आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।