तस्वीर नेकपा(माओवादी)
काठमाडौं, २ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाबीच जेनजी विद्रोहका मागहरु पूरागर्न संघर्र्षगर्ने लगायत चारबुँदे सहमति भएको छ । सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्र्षगर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधान संशोधन, स्थिर सरकार र भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्तरुपमा संघर्र्षगर्ने जस्ता विषय समावेश सहमतिपत्रमा महासचिव चन्द र संयोजक ढुंगानाले माइतीघर मण्डलामा हस्ताक्षर गर्नुभएको हो । ढुंगाना नेतृत्वको समूह पछिल्लो केही दिनदेखि बिभिन्न माग राखी माइतीघर मण्डलामा धर्नामा बस्दैआएको छ ।
सहमतिका बुँदा-
१) सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने
२) आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशाेधन र स्थिर सरकार गठन गर्ने
३) जेनजी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने
४) भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने
