काठमाडौं,११ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले स्वच्छ र निष्पक्ष निर्वाचनको माग गर्नुभएको छ । काठमाडौंको कोटेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशलाई वर्तमान संकटबाट मुक्त गराउन निष्पक्ष निर्वाचन र नेपाली कम्युनिष्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिकारुपमा स्थापित गर्नुपर्ने बताउनुभएको होे । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत बिभिन्न राजनीतिक दल परित्यागगर्दै काभ्रेपलाञ्चोकसहित बिभिन्न जिल्लाका युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

संयोजक दाहालले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत बिभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेशगर्नेक्रम तीव्ररुपमा बढेकोभन्दै चुनावका समयमा हुने अवाञ्छीत गतिविधि रोकिए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभएको थियो । उहाँले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्नसक्छ । अब पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चितगर्न लागौँ । जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ भन्नुभएको थियो ।