काठमाडौैं, १४ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले परिवर्तनकारी शक्तिहरुबीच ऐक्यबद्धताको खाँचो औँल्याउनुभएको छ । पार्टी मुख्यालय कोटेश्वरडाँडामा बिभिन्न पार्टीसँगको एकता कार्यक्रममा उहाँले राष्ट्रवादी र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहने शक्ति एक हुनुपर्ने बताउनुभएको हो । पूर्वसहकर्मीलाई एकतामा आउन अपिल गर्दै संयोजक दाहालले एक्लाएक्लै हिँडेर कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदैन ।
समृद्धिको जनचाहना पूरागर्न पनि परिवर्तनकारी शक्ति एकताबद्ध हुनुको विकल्प छैन भन्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी (एकता पक्षधर समूह) र चुरे भावर पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको थियो । त्यसअवसरमा नेकपा (एमाले) को गण्डकी प्रदेश कमिटी सदस्य महोदत्त अधिकारी नेकपामा प्रवेश गर्नुभएको थियो ।