काठमाडौं,१७ माघ । आगामी फागुन २१ को निर्वाचनलाई जलाउने र बनाउने बीचको जनमतसंग्रहका रुपमा प्रचारगर्न थालिएको छ । कतिपयले सरकार परिवर्तन गराउन गत फागुन २३ र २४ गते देशभर आगजनी र तोडफोड गरेका थिए । सोही काण्डलाई आधार बनाएर भदौ २७ गते संसदको बैठक चलिरहेकै बेला संसद बाहिरबाट प्रधानमन्त्रि नियुक्तगर्नुका साथै संसद बाहिरबाट नियुक्त प्रधानमन्त्रिको एकल सिफारिसमा संसद बिघटन गरेर नयाँ निर्वाचन घोषणा गरिएको थियो । त्यसरी जबरजस्त संसद बिघटन र सरकार परिवर्तन गराइए पनि एमाले लगायतका दलहरु संयम भएर आगामी निर्वाचनमा सहभागी भएका छन् । विघटित संसद् पुनःस्थापनाको पक्षमा रहेपनि चुनावमा होमिएको एमालेले आगामी निर्वाचनको परिणामको रोचक विश्लेषण सार्वजनिक गरेको छ । हिजो शुक्रबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको बिश्लेषण सार्बजनिक गर्नुभएको थियो ।

गत भदौ २३ र २४ को घटनालाई हेर्ने दृष्टिकोणमा एमाले एक्लो तर बलियो रहेको जिकिरगर्दै उहाँले विगतमा २७ प्रतिशत लोकप्रिय मत थियो, यसपटक ३०–३४ प्रतिशत पुग्ने अनुमान छ । मत विभाजनले बहुमत वा लार्जेष्ट पार्टी बन्ने सम्भावना उच्च छ भन्नुभएको थियो । महासचिव शंकर पोखरेलले भारत र चीनविरुद्ध प्रयोगगर्ने अखडाकारुपमा नेपालको भूमि प्रयोगगर्ने षड्यन्त्र भइरहेको खुलाशा पनि गर्नुभएको थियो । नेपाललाई भूराजनीतिक द्वन्दको क्रियास्थल बनाउन कठपुतली सरकार बनाउने काम भएको आरोप लगाउँदै पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्दको क्रिडास्थल बनाउन कठपुतली सरकार बनाउने काम भएको छ ।

भविष्यलाईसमेत त्यसलाई निरन्तरता दिन एक हिसाबलेभन्दा जिलेन्सकी जन्माउने योजनाकासाथ चुनावी अभियान अगाडि बढाउने प्रयत्न भइरहेको छ । एमाले त्यस्ता षड्यन्त्रलाई सफल हुननदिन तथा मुलुकको स्वाभीमान, स्वाधीनता र राष्ट्रियहितलाई अझ मजबुत बनाउन नेकपा एमाले योजनाकासाथ क्रियाशील छ । हाम्रा दुवै छिमेकी मुलुक भारत र चीनका विरुद्धमा शक्ति राष्ट्रहरुको चलखेलगर्ने अखडाकारुपमा नेपालको भूमि प्रयोगगर्न दिँदैनौँ भन्नुभएको थियो । महासचिव पोखरेलले पपुलिज्म र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजितगर्ने दुष्प्रयास भइरहेको बताउँदै आगामी निर्वाचन जलाउने र बनाउने शक्तिबीचको लडाइँ भएको दाबी पनि गर्नुभएको थियो ।