काठमाडौं,२९ माघ । झापामा आजबाट हाडजोर्नी चिकित्सकहरुको बृहत् सम्मेलन अर्थोकोन–२०२६ हुँदै छ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१ औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको बृहत् सम्मेलन हुनेभएको हो । हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष डा लक्ष्मी मैनालीले आगामी फागुन ४ गतेसम्म हुने सम्मेलनमा १०० जनाभन्दा बढी हाडजोर्नीका अन्तरराष्ट्रिय चिकित्सक तथा नेपालका ४०० भन्दा बढी हाडजोर्नी चिकित्सकको बृहत् सहभागिता रहने बताउनुभएको थियो । ‘शिक्षा, नवप्रवर्तन र सहयोग’ भन्ने मूल नाराका हुने सम्मेलनले यहाँको स्वास्थ्य पर्यटनलाई प्रवद्र्धनगर्नुका साथै अर्थतन्त्रलाईसमेत चलायमान बनाउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

डा प्रेमबहादुर साहीले सम्मेलनबाट हाडजोर्नीका क्षेत्रमा भइरहेका नयाँ प्रयोग र सफलताका विषयमा बृहत्त् जानकारी दिन नयाँ र अनुभवी चिकित्सकहरुले गम्भीर विमर्शगर्ने बताउनुभएको थियो । यसले हाडजोर्नीका क्षेत्रमा नेपाली चिकित्सक वैज्ञानिकहरुले नवप्रवद्र्धनका क्षेत्रमा गरेका काम र तीनवटा प्रविधि÷उपकरण प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभएको थियो । पत्रकार सम्मेलनमा डा निराजन पराजुलीले अन्तरराष्ट्रिय ख्यातिप्राप्त चिकित्सक आउने भएकाले विद्यार्थी र नयाँ चिकित्सकलाई कार्यक्रम उपयोगी हुने बताउनुभएको थियो । उहाँले सम्मेलनमा ‘साइन्टिफिक कोर्स’ र बिभिन्न चिकित्कसहरुका कार्यपत्रमाथि चर्चा हुने जानकारी दिनुभएको थियो ।

नेपालका डाक्टरहरु चिकित्सा क्षेत्रमा नयाँ प्रविधि र नयाँ–नयाँ आविष्कारगर्न सक्षम भइसकेकोभन्दै सम्मेलनले तिनको प्रचारप्रसारमा योगदान पुग्ने डा नागमणि सिंहको भनाइ थियो । रासस