नयाँदिल्ली, १ फागुन । अमेरिकी सामानमा कर घटाउने वाशिंगटनसँगको व्यापार सम्झौताले भारतीय कृषिलाई चोट पुर्याउने र कृषकको जीविकोपार्जनलाई खतरामा पार्ने चेतावनीदिँदै हिजो बिहीबार भारतीय किसानहरुले सम्झौताको विरोधका लागि नयाँदिल्लीलगायतका प्रमुख शहरमा प्रदर्शन गरेको थाहा भएको छ । गत हप्ता घोषणा गरिएको सम्झौतालाई किसान संगठनहरुले भारतीय संघीय सरकारले किसानलाई दिएको आश्वासनका बाबजुद अमेरिकी कृषि क्षेत्रका ठूला कम्पनीसमक्ष पूर्ण आत्मसमर्पण भनेका छन् । झन्डा फहराउँदै र ब्यानर बोकेका किसान र ट्रेड यूनियनका सदस्यहरुले भारतका प्रमुख शहरहरुमा र्याली गरे, केही स्थानहरुमा प्रहरीसँग सामान्य झडप भएको रिपोर्ट गरिएको छ । आयोजकहरुले साझा गरेका तस्वीरमा हजारौँ मानिसहरु सडकमा उत्रिएका देखिन्छ । प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले आफलेू किसानको संघर्षलाई साथ दिएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–किसानहरु व्यापार सम्झौताले उनीहरुको जीविकोपार्जनमा असर पार्छकि भन्ने चिन्तामा छन् ।

व्यापार सम्झौताका शर्तहरु अन्तर्गत, भारतले सबै अमेरिकी औद्योगिक वस्तुहरु र अन्य खाद्य र कृषि उत्पादनहरुमा कर हटाउने वा घटाउनेछ । अमेरिकाले भारतबाट आयात हुने कपडा तथा तयारी पोशाक, छालाका जुत्ता, छालाबाट बनेका सामान प्लाष्टिक, रबर, जैविक रसायन र केही मेशिनरी सामग्रीमा १८ प्रतिशत कर लगाउने भएको छ । मोदी सरकारले संवेदनशील कृषि उत्पादन, दुग्ध र कुखुरापालनलाई सम्झौताको दायराबाट बाहिर राखिएकोभन्दै किसानहरुको चासो हटाउन खोजेको छ । कृषि क्षेत्रले विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र भारतमा ४५ प्रतिशतभन्दा बढी मानिसहरुलाई धान्न मद्दत गर्दछ, जसले यसलाई शक्तिशाली सडक शक्ति भएको प्रभावशाली मतदाताको समूह बनाउँछ ।

व्यक्तिगत फार्महरु साना र प्रायः अनुत्पादक हुन्छन् र एकपछि अर्को भारतीय सरकारहरुले ऐतिहासिक रुपमा उनीहरुलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउन हस्तक्षेपगर्दै आएका छन् । बिहीबार भएको प्रदर्शनले सन् २०२० र सन् २०२१ मा महिनौंको प्रदर्शनको सम्झना ताजा गरेको छ, जसमा किसानहरुले नयाँदिल्लीको राजमार्गहरु अवरुद्ध गरेका थिए र राजधानीको ऐतिहासिक लाल किल्ला परिसरमा ट्याक्टर रोकेर विरोध प्रदर्शन गरेका थिए । विरोधको त्यो लहरले सरकारलाई यस क्षेत्रमा सुधारगर्ने उद्देश्यका कानूनहरु फिर्ता लिन दवाव सिर्जना गरेकोे छ । रासस,एएफपी