ढाका, ५ फागुन । आज बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले पदबाट राजीनामा गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दै हुनुहुन्छ । उहाँले टेलिभिजनमार्फत् राष्ट्रका नाममा बिदाइ सम्बोधनगर्दै पदबाट राजीनामा दिनुभएको छ । नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ । अव आउने निर्वाचित सरकारले लोकतन्त्रको अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र शुरु भएको मौलिक अधिकारलाई रोक्ने छैन भन्नुभएको छ ।

बिद्यार्थीको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेको र उहाँ हेलिकोप्टरबाट भागेको केही दिनपछि युनुस सन् २०२४ अगस्टमा स्वघोषित निर्वासनबाट फर्किनुभएको थियो । उहाँले पूर्व प्रधानमन्त्री हसिना अपदस्थ भएको दिनको स्मरणगर्दै त्यो ठूलो मुक्तिको दिन थियो । त्यो कस्तो आनन्दको दिन थियोभने यसका कारण विश्वभरका बंगलादेशीहरुले खुसी बनेका छन् । हाम्रो देशका युवाहरुले देशलार्ई दुष्ट शासकको पकडबाट मुक्त गरे भन्नुभयो ।

त्यसयता बंगलादेशको प्रमुख सल्लाहकारका रुपमा नेतृत्वगर्दै आएका उहाँले गत साता भएको निर्वाचनमा ठूलो विजय हासिल गरेकामा बंगलादेश नेशनलिष्ट पार्टी (बिएनपी) र उसका नेता तारिक रहमानलाई बधाई दिनुभएको छ । बिएनपीका प्रमुख तथा देशको सबैभन्दा शक्तिशाली राजनीतिक वंशको बिरासत रहेका ६० वर्षीय रहमानले १७ करोड जनसंख्या भएको दक्षिण एशियाली देश बंगलादेशको नेतृत्व गर्नुहुने भएको छ । आज नयाँ प्रधानमन्त्रिको सपथग्रहणमा नेपाल सहित १३ देशका प्रतिनिधि सहभागी रहेको बताइएको छ ।