
काठमाडौं, १३ फागुन । राष्ट्रिय जनमोर्चाको चुनाव प्रसारप्रसार टोली आज काठमाडौँ निर्वाचन क्षेत्र नं. १० मा सक्रिय रहेको थाहा भएको छ । सो क्षेत्रका उम्मेदवार अमरबहादुर पौडेलको नेतृत्वमा प्रचार टोली सक्रिय रहेको हो । प्रचारप्रसारका लागि निर्वाचन हिँडिरहेको टोलीमा काठमाडौं–४ का उम्मेदवार छविबहादुर खनाल, अखिल नेपाल जनजाति सममेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल टे«ड यूनियन महासंघ (अन्टुक) का महासचिव धनपति सापकोटा, जातीय समता समाजका केन्द्रीय सदस्य काशिराम नेपाली, अखिल नेपाल किसान महासंघ (अप्फा) बागमती प्रदेश समितिका बेगमबहादुर खड्कालगायतको सहभागिता रहेको छ ।
कीर्तिपुरको चाल्नाखेलबाट शुरुभएको सो प्रचारप्रसार टोली ताहाचोक, कोपु, गोपालेश्वर युटिकी, सिमपानी, राम्चे छैमले, भण्डारखर्क, फाखेल, दक्षिणकाली, शेषनारायण, सेतीदेवी हुँदै बोसनसम्म पुगेको थियो । प्रचारप्रसारको क्रममा घरदैलो, जनभेटघाटसँगै माइकिङ, पर्चापम्प्लेटजस्ता कार्य सम्पन्न गरिएको उम्मेदवार पौडेलले बताउनु भएको छ ।