काठमाडौं १६ फागुन । २६ वटा वामपन्थी र समाजवादी घटनाहरुबीच एकता गरेको दाबिगर्दै आउनु भएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पार्टी डुब्ने चिन्ता रहेको थाहाभएको छ । नेपाली कम्युनिष्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले उपरोक्त चिन्ता ब्यक्त गर्नुभएको थियो । उहाँले विगतका कमजोरी सच्याउँदै नयाँ नेपाल निर्माणगर्ने प्रतिबद्धतासहित बिभिन्न २६ वटा वामपन्थी र समाजवादी घटनाहरुबीच एकता भएको बताउँदै दाहालले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरुलाई सुदृढ बनाउँदै अघिबढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

पार्टीले आत्मसात गरेका बैचारिक दृष्टिकोण तथा कम्युनिष्ट आदर्शका कारण अहिले पार्टीप्रति जनलहर बढेको बताउँदै उहाँले आसन्न निर्वाचनमा जनताले राम्रो मूल्यांकनगर्ने उल्लेख गर्नुभएको थियो । पार्टीले आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्नेगरी योजना निर्माण गरेको बताउँदै उहाँले त्यस कार्यक्रमबाट गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक तथा आर्थिक रुपान्तरणका लागि १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताउनुभएको थियो ।

राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार्दै उहाँले नेपाली विशेषताको समाजवाद कार्यान्वयनगरी प्रतिवर्ष एकलाख ५० हजार रोजगारी सिर्जनागर्ने लक्ष्य राखिएको जानकारी दिनुभएको थियो ।