तेहरान, १९ फागुन । अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारवाही शुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले बताउनुभएको छ । विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ भन्नुभयो । चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृतगर्दै भनेको छ–अमेरिकी सैन्य अखडाहरु विरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशविरुद्ध इरानको आक्रमणको शुरुपमा हेर्न हुँदैन ।
इरानमाथि अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएको थियो । प्रतिक्रियामा अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थललाई लक्षितगरी आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको छ । इरानले छिमेकी मुलुकबारे पछिल्लो युद्धको धारणा स्पष्टगर्दै आफ्नो शत्रुता खाडी मुलुकह नभएको बताएपनि गत शनिबार अमेरिका र इजरायलले अभियान शुरुगरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ । रासस,एएफपी