
काठमाडौँ । नेकपा मालेको केन्द्रीय कमिटीको बैठक चैत अन्तिम साता बस्नेभएको छ । सो पार्टीको हिजो बुधबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको विस्तारित बैठकले आठौं केन्द्रीय कमिटीको १३ औँ पूर्ण बैठक चैतको अन्तिम हप्तामा आयोजनागर्ने निर्णय गरेको हो ।
बैठकले समसामयिक राजनीतिक, अन्तर्राष्ट्रिय तथा संगठनात्मक विषयमा समेत विभिन्न निर्णयहरु समेत गरेको महासिचव सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो पार्टीले यसअघि गत फागुन २१ को निर्वाचनमा भाग लिएको थिएन ।