काठमाडौं,१० चैत । आज पनि नेपाली कांग्रेसको गगन थापा समूहको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक सूचना प्रकाशितगरी आज मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिनुभएको छ ।

आजको बैठकमा शेरबहादुर देउवा समूहसँग छलफलगरी आगामी १५ औं नियमित महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनेबारे छलफल हुने बताइन्छ । नेपाली कांग्रेस बिभाजन गराउन र अस्तब्यस्त बनाउन गगन थापा र बिश्व प्रकाश शर्माको मुख्य हात रहेको र उहाँहरुका पछाडि भारतीय शक्रिकेन्द्रहरुले खेलेको निष्कर्ष निकालिएको छ ।