काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्ब गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएको ५ म्याद समाप्त भएपछि हिरासतमुक्तगर्न आदेश गरेको छ । जसअनुसार उहाँहरु आगामी बिहीबार हिरासत मुक्त हुनुहुने भएको छ । जिल्ला अदालतले २१ चैतदेखि लागु हुनेगरी तेस्रोपटक ५ दिनको लागि म्याद थपगरेको थियो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री र गृहमन्त्री रहनुभएका उहाँहरुले लापरवाही गरेकोभन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसपछि सरकारले ओली र लेखकलाई अनुसन्धानगर्ने भन्दै प्रहरीले गत १४ गते पक्राउ गरेको थियो । प्रहरीले जरुरी पक्राउ पुर्जी जारीगर्दै पक्राउ गरेको थियोभने १५ चैतमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेसगरेको थियो ।

प्रहरीले अदालतबाट पक्राउ अनुमतिसमेत नलिई पक्राउ गरेको दाबीगर्दै ओली र लेखकका तर्फबाट परिवारले बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका थिए । उहाँहरुको बन्दी प्रत्यक्षीकरण रिट हिजो खारेज भएको छ । ओली र लेखक दुवैको गत आइतबारमात्र तेस्रो पटक पाँच दिनका लागि म्याद थप भएको थियो । अब प्रहरीले तेस्रो म्यादभित्र अनुसन्धान सकाएर मुद्दा बुझाउनुपर्ने भएको छ । चैत २१ गतेदेखि लागुहुनेगरी तेस्रो पटक पाँचदिनको म्याद थप अनुमति गर्नेगरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्नभई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी ओली र रमेश लेखकलाई… प्रक्रिया पूरागरी हिरासत मुक्तगरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नुगराउनु भनी परमादेश जारी गरिएको आदेशमा उल्लेख छ । न्यायाधीशद्वयले तीन दिनको सुनुवाइपश्चात भर्खर आज चारपेजको आदेश दिनुभएको हो ।