काठमाडौं,३० चैत । राप्रपामा पनि अन्य पार्टीमा जस्तै अध्यक्ष हटाउने अभियान सञ्चालन गरिएको छ । जसका लागि महाधिवेशन गराउन माग पनि गरिएको छ । अध्यक्ष राजेन्द्र लिङदेन बिरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । पार्टीको संस्थागत निर्णयबिना उपसभामुख पदमा उम्मेदवारी दिइएकोभन्दै विवाद सिर्जना भएको जानकारहरुको भनाई । सो पार्टीका महामन्त्री धवलशम्शेर राणाले पार्टीको संस्थागत निर्णयबिनानै उपसभामुख पदको उम्मेदवारी दिइएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । सांसद सरस्वती लामालाई राप्रपाले उपभामुख पदमा उम्मेदवार बनाएको थियो । आफ्ना सांसदको बाहेक अर्को मत नआएपछि उम्मेदवारी बनाएको विषयलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको हो ।

राप्रपाले फागुन २१ को प्रतिनिधि सभा चुनावपछि समीक्षा पनि गरिसकेको छैन । प्रत्यक्षतर्फ १६३ ठाउँमा उम्मेदवारी दिएको राप्रपाले एक सिटमामात्रै जितेको छ । समानुपातिकतर्फ भने चारसिट जितेको थियो । पार्टीमा बिवाद बढेपछि राप्रपाले आगामी बैशाख १६ गते बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वानगरेको छ । बैठकमा चुनावपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तयगर्न, चुनावकै समग्र पक्षकाबारे समीक्षागर्न, पार्टीलाई पुनर्ताजगीकासाथ अघि बढाउन, केन्द्रीय कार्यसमितिको बैठकको मिति तयगर्न एवं पार्टीका आगामी कार्यक्रमलगायत विविध विषयमा छलफल हुने बताइएको छ । यसैबीच पार्टीका महामन्त्रीसहितका ११ जनाले पार्टी महाधिवेशनको आह्वानगर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले विकल्प खोज्नुपर्ने माग गर्नुभएको छ ।