
म्यान्मा १८ वैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा मात्र राखिने भएको छ । म्यान्माको जुन्ता प्रमुखबाट राष्ट्रपति बनेका मिन आङ ह्लाइङले अपदस्थ नेतृ सुकीको सजाय कटौतीगर्दै उहाँलाई तोकिएको घरमा नजरबन्दमा राख्न हिजो बिहीबार आदेश दिनुभएको हो । मिन आङ ह्लाइङको कार्यालयले जारीगरेको वक्तव्यमा ८० वर्षीया सुकीको बाँकी सजाय कटौती गरिएको उल्लेख गरिएको छ । उहाँलाई कहाँ सारिनेछ भन्ने तत्काल स्पष्ट भएको छैन ।
उहाँको विघटन गरिएको नेशनल लिग फर डेमोक्रेसी पार्टीका एक वरिष्ठ नेताले एएफपीलाई दिएको जानकारीमा नेतृ सुकीलाई राजधानी नेपिडोमा कुनै स्थानमा राखिने बताउनुभएको छ । सुरक्षाको कारण बताउँदै नाम नबताउने सर्तमा उहाँले हामीलाई थाहा छैनकि नेतृ सुकीलाई राख्नेस्थान ठ्याक्कै कहाँ हुनेछ भन्नुभएको छ । मिन आङ ह्लाइङले सैन्य प्रमुखकारुपमा सुकीको बिरुद्ध सैन्य विद्रोहको नेतृत्व गर्नुभएको थियो, जसले देशमा पाँच बर्षदेखि गृहयुद्ध भएको छ । सुकी नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी पार्टी पार्टीसहितका विपक्षी दलले बहिस्कार गरेको कडा नियन्त्रित निर्वाचनपछि यसै महिनादेखि ह्लाइङले म्यानमारको निर्वाचित राष्ट्रपतिकारुपमा शपथ लिनुभएको थियो । रासस, एएफपी