
काठमाडौं,१९ वैशाख । डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी बिभाजनको संघारमा पुगेको थाहाभएको छ । गत फागुन २१ को निर्वाचन अघिमात्र घोषणा भएको प्रलोपामा गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद देखिएको जानकारहरुको भनाई छ । चुनावमा अनपेक्षित पराजय भोगेपछि समीक्षागर्न प्रलोपाको अध्यक्ष परिषद्ले गत ११ र १२ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको थियो । सो बैठकमा परिषद्का अध्यक्ष सन्तोष परियारले नयाँ युगको नयाँ समाजवादी लोकतन्त्रसम्बन्धी दस्ताबेज पेश गरेपछि संरक्षक डा. भट्टराई पक्षधर अर्थात् साबिक नयाँ शक्ति समूहले असन्तुष्टि जनाएको थियो ।
पार्टी घोषणा कार्यक्रममा भट्टराईले प्रस्ताव गरेकोभन्दा फरक तरिकाबाट अध्यक्ष परियारले वामपन्थी विचार र सिद्धान्तलाई बलपु¥याउने खालको दस्ताबेज ल्याएको डा. भट्टराई पक्षको आरोप छ । अध्यक्ष परियारले ल्याएको दस्ताबेज विस्तारित बैठकले पारितसमेत गरेन । प्रलोपाका नेता कृष्ण शर्माले भने वैचारिक मतभेद भन्दा पनि बुझाइमा कमजोरी रहेकोभन्दै बचाउगर्ने प्रयास गर्नुभएको छ । अध्यक्ष परियारले वामपन्थी बेगर समाजको कल्पना पनि गर्ननसक्ने बताउँदै आउनु भएको छ ।
पूँजीवाद र नवउदारवादले विश्वभर बिभिन्न खाले संकट निम्त्याएको उहाँको बुझाई छ । परियारले बैठकमा पेशगरेको दस्ताबेज वैचारिक र सैद्धान्तिक मतभेद भएपछि पारित हुन नसकेपछि बिवाद चुलिएको जानकारहरुको भनाई छ ।