काठमाडौं,१९ वैशाख । भारतीय विदेश सचिव बिक्रम मिश्री काठमाडौं आउने तरखरमा रहनुभएको थाहा भएको छ । मिश्री आगामी २८ गते काठमाडौं आउने तयभएको सूत्रहरुले उल्लेख गरेका छन् । उहाँले आगामी २८ र २९ गते (११–१२ मे) काठमाडौंमा उच्चस्तरीय भेटघाटगर्ने कार्यक्रम छ ।
उहाँसँगै विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने सहसचिव मनु महावर पनि आउनुहुने छ । मिश्रीको भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण हुने र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रिको पहिलो विदेश भ्रमण भारतबाट हुनेकि नहुनेभन्ने टुंगो लाग्ने सूत्रहरुले उल्लेख गरेका छन् । नेपालका परराष्ट्रमन्त्री खनाल ३१ मेमा इन्डिया–अफ्रिका समिटमा बिमष्टेकमा सहभागी हुने बताइन्छ ।